देश

सुनसरीमा एकल महिलाको हत्या

Hatua ldYD6RLjoZ

एनएमबि न्युज डेक्स,काठमाडौँ
मंसिर १९,मंगलबार ।

सुनसरीको इटहरी–२ शान्तिनगरमा एकल महिलाको बिभत्स हत्या भएको छ।

हत्यामा संलग्न स्थानीय सन्तोष राई पक्राउ परेका छन। घर पछाडिको गोठमा गोवर फाल्दै गरेकी एकल महिला ६८ वर्षीया मधेमाया पुरीलाई आइतबार दिउँसो ३ बजे स्थानीय युवा सन्तोष राईले खुकुरी प्रहार गरी हत्या गरेको इटहरी प्रहरीले जनाएको छ।
खुकुरी प्रहारबाट गम्भिर बनेकी ६८ वर्षीया पुरीको घटनास्थलमै मृत्यु भएकोहो। घटनामा मृतककी बुहारी सरू पुरी घाइते छन्। सासुलाई खुकुरी हानेको प्रत्यक्ष देखेपछि उनलाई पनि प्रहार गरिएको र पाखुरामा चोट लागेको प्रहरीले जनाएको छ।

घटना लगत्तै प्रहरीले हत्यामा संलग्न सन्तोष राईलाई पक्राउ गरी अनुसन्धान थालेको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस