धर्म-संस्कृति / रितिथिति

आफुले पढेको बिद्यालयमा पुगेर विजय भण्डारीले स्थापना गरे अक्षयकोष

guru 1

एनएमबि न्युज डेक्स,काठमाडौँ
मंसिर १९ मंगलवार ।

विस्वबिख्यात कथावाचकको रुपमा आफ्नो नाम स्थापित गरेका वालयोगेश्वर विजयमूर्ति महाराज श्री (विजय भण्डारी)ले आफुले अध्ययन गरेको विद्यालयमा पुगेर अक्षकोष स्थापना गरेका छन । मध्यबिन्दु २ कोल्हुवा नवलपुरमामा रहेको कुमार वर्ती माबिमा पुगेर भण्डारीले अक्षयकोष स्थापना गरेका हुन ।
भण्डारीले आफ्नो.नाममा रु २ लाख ११ हजार १५५ वराबरको अक्षयकोष स्थापना गरेको विद्यालयले जनाएको छ । कथावाचक भण्डारीले विद्यालयको सहयोगस्वरुप अक्षयकोष स्थापना गरेका हुन ।

guru 3

विद्यालयमा अक्षयकोष स्थापना गरेसंगै विद्यालय परिवारले भण्डारीलाई धन्यवाद समेत व्यक्त गरेको छ । भण्डारीले उक्त विद्यालयमा एक बर्ष कक्षा ८ मा अध्ययन गरेका थिए ।

guru 2

भण्डारीले ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं. १४ को वाडेगाउँमा मामाघर अनाथालय सपोर्ट एण्ड केयर सेन्टर,नेपाल सञ्चालन गरि देशका विभिन्न स्थानका पूर्ण अभिभावक विहिन बालबालिकाहरुलाई निःशुल्क शिक्षा,स्वास्थय तथा आवासको सेवा प्रदान गरिरहेका छन् । हाल ४० बढी बालबालिकाले आश्रमबाट सेवा प्राप्त गरिरहेका छन । त्यस्तै भक्तपुरको चागुनारायण नगरपालिका ताथलिमा छोरीको घर ज्यष्ठ नागरिक आश्रम पनि सञ्चालनमा रहेको छ ।

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस