जीवनशैली

इन्टरनेट सेवाप्रदायक संस्था वर्ल्डलिंकसहित तीन आइएसपीले काठमाडौंबाहिर खुलाए टिकटक

tiktok pakistan

एनएनबि न्युज डेक्स,काठमाडौँ
पुस ५ बिहिबार ।

मन्त्रिपरिषद्ले गरेको निर्णय अबज्ञा गर्दै तीन इन्टरनेट सेवाप्रदायकले काठमाडौंबाहिर टिकटक खुलाएका छन् ।

 

अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामै आज वर्ल्डलिंकसहित तीन आइएसपीले आफुखुशी टिकटक खुलाएका हुन् ।

स्रोतका अनुसार वर्ल्डलिंक, डिसहोम फाइबरनेट र ब्रोडलिंकका उच्च अधिकारीको अनौपचारिक वैठक आज काठमाडौंमा बसेको थियो ।

सो वैठकले काठमाडौं बाहिरका चार ठाउँमा रहेका लोकल सर्भरबाट टिकटक खुलाउने निर्णय गरेको स्रोतले बतायो । त्यसलगत्तै तीनवटै आइएसपीका ग्राहकहरूको डिभाइसमा टिकटक चल्न थालेको छ ।

काठमाडौंमा भने तत्काल नखोल्ने रणनीति छ । काठमाडौंमा खोल्दा सरकारी निकायको ध्यान जाने र कारवाहीमा परिने डरले यस्तो निर्णय लिइएको स्रोतको भनाइ छ ।

टिकटक प्रतिवन्धविरूद्धको मुद्दा सर्वोच्चमा विचाराधीन रहेको छ । आइएसपीहरूले आफूखुशी टिकटक खुलाएर सरकारलाई ठाडो चुनौति दिएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस