समाचार

जिल्ला स्तरीय भलिबलको उपाधि विनयबाबु लाई

761e761d a98a 485a 870b 0c7287a925d3

एनएमबि न्युज डेक्स,काठमाडौँ
माघ २ मंगलबार ।

 

मकवानपुर जिल्लाको थाहानगरपाली का चित्लाङमा सञ्चालित २७ औं जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि विनयबाबु स्मृति प्रतिष्ठानले हात पारेको छ ।

420005241 7056949637729985 7709629838708051227 n

थाहा २ को विनयबाबु स्मृति प्रतिष्ठानले हेटौंडाको छहारी युवा समाजलाई २५–१९, २५–२२ र २७–२५को सोझो सेटमा पराजित गरेको हो ।

प्रतियोगितामा विजयी विनयबाबु स्मृति प्रतिष्ठानले नगद ६० हजार १ रुपियाँँसहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता छहारी युवा समाज हेटौंडाले नगद ३० हजार रुपियाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा तेस्रो हुने खेलकुद विकास समिति चित्लाङले नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा मकवानपुर जिल्लाका १५ वटा टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताको बिधागत पुरस्कार तर्फ वेस्ट स्पाइकर छहारीका निश्चल रानामगर, वेस्ट सेटर पनि छहारीकै निश्चल काउचा घोषित भए ।त्यस्तै वेस्ट लिबेरो विनयबाबुका उज्वल लामा, बेस्ट ब्लकर विनयबाबुका उपास विष्ट र वेस्ट प्लेयर निराजन गुरुङ र वेस्ट कोच विनयबाबुकै शंकर कार्की घोषित भएका थिए ।

 

419817518 7056946364396979 3017157683294401524 n 1
प्रतियोगिताका विजयी तथा उपविजेता टिमलाई मकवानपुर क्षेत्र नम्बर २ का सांसद महेश कुमार बर्तौलाले पुरस्कार वितरण गरेका थिए । स्वच्छन्द भैरव युवा क्लवचित्लाङको आयोजनामा २५ पौषबाट सुरु भएको प्रतियोगिताको पुरस्कार वितरण समारोह क्लबका अध्यक्ष पुण्यमान बलामीको अध्यक्षतामा भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस