नाता सम्बन्ध

नाम जस्तै काम,मानवको सेवा नै फाउण्डेशन को पहिचान

IMG 9034

WhatsApp Image 2024 03 09 at 17.59.20 3ccf0a7bएनएमबि न्युज डेक्स काठमाडौं
फागुन २६ ,शनिबार ।

कति नाताहरु यस्ता हुन्छन जसको कुनै नाम छैन
र कसरि कुन नाम दिने हो पनि थाहा हुदैन!!
लाग्छ संसार मा सबै भन्दा ठुलो एउटा नाता छ
त्यस भित्र न त जाति, वर्ग ,भाषा, रंग, धर्म, सस्कृति, रहन सहन नै पर्छ !
न त कुनै भूगोल, देश,न त सानो, ठुलो, धनी,गरिब नै भन्छ
न त छुवाछुत नै मान्छ !! त्यो नाता हो मानवताको नाता त्यो नाता हो आत्मीयताको नाता

IMG 8719
यी र यस्तै निस्वार्थ को काम गर्दै आएरहेको मानवसेवा फाउण्डेशन नेपालले विभिन्न सामाजिक धार्मिक क्षेत्र हरुमा बेहिसाब ले सेवा गर्दै आएरहेको छ। काठमाण्डौ कलंकी मा रहेको मानवसेवा फाउण्डेशन नेपाल मानव हित को लागि हरेक क्षेत्र मा अग्रसर रही सेवा गर्दै आइएरहेको छ यस सस्था ले विभिन्न उल्लेखनीय कार्य हरु गर्दै आएको छ। जाजरकोट भुकम्प मा परि अभिभावाक गुमाएका बालबालिका को उद्दार गर्ने देखि लगायत को काम हरु गर्दै आइरहेको छ। त्यस्तै कार्य हरु मध्य पशुपतिनाथ मन्दिर मा पनि हिजो मानवसेवा ले सर्हानिय काम गरेको छ।  हिजो शिवरात्रि को अवसरपारि दर्शन गर्न आउनु भएको भक्तजनहरु को सेवा को लागि मानवसेवा का साथि हरु केहि दिन अगाडी देखि नै मन्दिर परिसर सरसफाइ गर्ने काम देखि त्यहाँ भएको हरेक गतिविधि हरु मा हातेमालो गरिरहेका थिए भने हिजो भगवान शिव को बिशेष दिन अर्थात महाशिवरात्रि शिवरात्रि को दिन पशुपतिनाथ मन्दिर क्षेत्र मा मानवसेवा फाउण्डेशन नेपाल द्वारा विभिन्न कार्यक्रम हरु को आयोजना गरिएको थियो। मन्दिर परिसरमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो जस बाट लगभ १३०० जना ले स्वास्थ्य सेवा लिएका थिए त्यस्तै हिजो त्यहाँ उपस्थित भक्तजन हरुको लागि फाउण्डेशन द्वारा नि :शुल्क खाने पानी वितरण पनि गरिएको थियो। त्यस्तै महवपूर्ण र बिशेष काम हिजो मानवसेवा फाउण्डेशन द्वारा पशुपतिनाथ मन्दिर दर्शन गर्न देश तथा विदेश बाट करिब ७ लाख को हाराहारी मा आउनु भएको दर्शनार्थी हरु लाइ मन्दिर दर्शन को लागि सहज होस् भन्ने हेतु ले मानव सेवा फाउण्डेशन का साथि हरु आधा रात देखी नै खटिएर दिनै भरि र राति सम्म पनि लाइन व्यवस्थापन मा लागि परेका थिए।

IMG 9068
त्यहाँ उपस्थित केहि ले मानव सेवा फाउण्डेशन लाइ धन्यवाद पनि दिएका छन सामान्य उपचार गर्न पनि अस्पताल पुग्न पर्ने र अस्पताल जाने पैसा नभएको तर मानवसेवा फाउण्डेशन ले उपचार संगै औषधि  पनि वितरण गरेको ले यस बाट आफु हरु लाभान्वित भएको बताएका छन। यसरि मानव सेवा,सेवाभाव ले नै अगाडी बढिरहेको छ। फाउण्डेशन ले सामाजिक क्षेत्र मा यसरि नै सेवाभाव ले आफ्नो भूमिका निर्वाह गर्दै आइरहेको छ।

IMG 8796IMG 8991IMG 9073

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस