काठमाण्डौंबाट चुनाव लड्ने घोषणा गरेका चर्चित कलाकार धतुरेले रबि लामिछाने माथि सार्वजनिक रुपमा गम्भिर आरोप लगाएसँगै नेपाली राजनीति फेरी तातिएको छ । उनको अभिव्यक्तिले राजनीतिक बहस भन्दा पनि आरोप—प्रत्यारोपणको संस्कारलाई उजागर गरेको छ, जहाँ तथ्य भन्दा भावनात्मक वक्तव्यले बढि स्थान पाउने गरेको देखिन्छ । धतुरेले रबि लामिछानेलाई “ठग” को संज्ञा दिदै सहकारी ठगी, नागरिकता विवाद, र विदेशसम्बन्धी मुद्धासमेतको चर्चा गरेका छन् । “म सत्य बोल्न डराउँदिन” भन्ने उनको दाबीले समर्थक र आलोचक दुवै पक्षलाई उक्साएको छ । तर लोकतन्त्रमा सत्यको परिभाषा व्यक्तिगत दाबीले होइन, प्रमाण र न्यायिक प्रक्रियाले निर्धारण गर्छ । आरोप लगाउनु र दोष प्रमाणित हुनु एउटै कुरा होइन—यो आधारभूत सिद्धान्त बारम्बार सम्झिनुपर्ने हुन्छ ।
राजनीतिमा नयाँ अनुहारका रुपमा प्रवेश गर्ने आकांक्षा राख्ने व्यक्तिले प्रश्न उठाउनु स्वाभाविक हो । तर सार्वजनिक मञ्चमा गरिने आरोपले समाजमा भ्रम, अविश्वास र धु्रवीकरण बढाउने जोखीम पनि बोकेको हुन्छ । राजनीतिक प्रतिस्पर्धा विचार, नीति र कार्यक्रमको आधारमा हुनुपर्छ,ं व्यक्तिगत रुपमा चरित्र हत्या गर्ने प्रवृतिले लोकतान्त्रिक संवाद कमजोर बनाउँछ ।
अन्नतः, जनताले निर्णय गर्ने आधार न त चर्का आरोप हुन् , न त भावनात्मक नारा । प्रमाण, पारदर्शिता र कानुनी निष्कर्ष नै निर्णायक हुनुपर्छ । राजनीतिक मैदानमा सत्य आफै बोल्छ ।