नेपालको शैक्षिक इतिहासमा आज एउटा महत्वपूर्ण र गौरवपूर्ण क्षण थपिएको छ । देशकै दिक्षान्त समारोहमा पहिलो पटक नोबेल पुरस्कार विजेता विद्धानले सम्बोधन गर्नु आफैमा ऐतिहासिक उपलब्धि हो । सन् २०१५मा भौतिक शास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त जापानी प्राध्यापक ताका आकी काजिताको उपस्थितिले नेपाली शैक्षिक क्षेत्रलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने महत्वपूर्ण अवसर प्राप्त गरेको छ । दीक्षान्त समारोह औपचारिक मात्र होइन, ज्ञान, अनुसन्धान र बौद्धिक चेतनाको उत्सव हो । यस्तो अवसरमा राजनीतिक भाषण भन्दा पनि विश्वस्तरका प्राज्ञिक व्यक्तित्वहरुको विचार र अनुभव सुन्न पाउनु नै शैक्षिक संस्थाको गरिमा र उदेश्यसँग मेल खान्छ । प्राध्यापक काजिताजस्ता वैज्ञानिकको सम्बोधनले विद्यार्थीहरुमा अनुसन्धान प्रतिको रुचि, जिज्ञासा र अन्तर्राष्ट्रिय सोच विकास गर्न प्रेरणा दिनेछ ।
नेपालका विश्वविद्यालयहरुले अब औपचारिकता भन्दा गुणस्तर, विचार र बौद्धिकताको सम्मान गर्ने संस्कारलाई प्राथमिकता दिनुपर्ने सन्देश पनि यस घटनाले दिइएको छ । ज्ञानको सम्मान गर्ने संस्कृतिको विकास नै मुलुकको दीर्घकालिन प्रगतिको आधार हो ।
हाम्रो विश्वविद्यालयको निमन्त्रणालाई स्विकार गरी नेपाल आउनु भएका प्राध्यापक ताका आकी काजिता प्रति हार्दिक आभार प्रकट गर्दछौं । उहाँको उपस्थितिले नेपाली शैक्षिक जगतमा नयाँ उर्जा र आत्मविश्वास थप्ने विश्वास गर्न सकिन्छ ।