समाचार

६८ वर्षमा स्नातकोत्तरः उमेरलाई चुनौती दिने इन्द्रबहादुर थापाको प्रेरक कथा—

WhatsApp Image 2025 12 26 at 11.17.05 AM

उमेर सिकाइको सिमा रेखा होइन, चाहना र इच्छाशक्तिको परिक्षा मात्र हो—यो सन्देशलाई जीवनमा उर्तादै खोटाङका इन्द्रबहादुर थापाले नेपाली समाजलाई गहिरो सन्देश दिएका छन् । ६८ वर्षको उमेरमा त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोहबाट समाजशास्त्रमा स्नाकोत्तर उपाधि हासिल गर्नु केवल व्यक्तिगत उपलब्धि मात्र होइन, सम्पूर्ण समाजका लागि प्रेरणाको उज्यालो दिप हो । तीन दशकसम्म सरकारी सेवामा समर्पित रहँदै आफ्नो कर्तव्य इमान्दारीपूवर्क निभाएका थापाले पारिवारीक जिम्मेवारीलाई पनि उत्तिकै प्राथमिकताका साथ पूरा गरे । आफ्ना छोराछोरीलाई उच्च शिक्षाको बाटोमा अघि बढाउँदै कसैलाई उपसचिव, कसैलाई इन्जिनियर, अधिकृत, शिक्षक, सैनिक र विदेशमा उच्च शिक्षा हासिल गर्ने अवसर दिलाउनु आफंैमा एउटा सफल अभिभावकत्वको उदाहरण हो ।
सेवाबाट अवकासपछि विश्राम होइन, बरु अधुरो सपना पूरा गर्ने अठोट लिएर पुनः अध्यनमा फर्किनु उहाँको दूरदृष्टि र आत्मबलको प्रमाण हो उमेरले थकित बनाउने होइन, उदेश्यले उर्जा दिने हो भन्ने सन्देश उहाँको यात्राले स्पष्ट पार्छ ।
आज, जब धेरैले उमेरलाई बाहना बनाउँदै सपना त्याग्छन्, इन्द्रबहादुर थापाले भने सिकाइ र आत्मविकासको यात्रा कहिल्यै नरोकिने सत्यलाई व्यवहारमै उतारेका छन् । उहाँ केवल स्नाकोत्तर उपाधिधारी होइनन्, पुस्ता—पुस्तालाई प्रेरणा दिने जीवित पाठशाला हुनुहुन्छ ।
उमेर केवल संख्या हो, सपना धेरै जवान हुन्छन्‌—यो वाक्य अब नारा मात्र होइन, इन्द्रबहादुर थापाको जीवनकथा बनेको छ । यस गौरवपूर्ण उपलब्धिका लागि उहाँलाई हार्दिक बधाई । समाजलाई उज्यालो बाटो देखाएने यस्ता व्यक्तिहरु नै राष्ट्रका साँचो सम्पति हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *