समाचार

एकताको चाहना, पदको गाँठो—

WhatsApp Image 2025 12 29 at 9.57.28 AM

राष्ट्रिय राजनीतिमा नयाँ समीकरणको संकेत दिँदै अघि बढेको रास्वपा—बालेन—उज्यालो नेपाल गठबन्धनको प्रयास आइतबार मध्यरातसम्म पनि निष्कर्षमा पुग्न सकेन । रास्वपा सभापति रवि लामिछाने, काठमाण्डौं महानगरका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच भएको निर्णायक भनिएको वार्ता अन्नतः पद बाँडफाँडको अड्चनमा अड्किएको हो ।
वार्ताको मुख्य विवाद बिन्दु कुलमान घिसिङलाई दिने जिम्मेवारीमै केन्द्रित देखियो । सहअध्यक्ष बनाउने कि कार्यकारी सभापति वा प्रधानमन्त्रीको भूमिकामा आलोपालो व्यवस्था गर्ने भन्ने बिषयमा सहमति जुट्न नसक्दा राजनीति उत्साह तत्कालका लागि स्थगित जस्तै बनेको छ । तीन पक्ष परिवर्तनको एजेन्डामा एकमत देखिए पनि नेतृत्व संरचनामा कसरी शक्ति सन्तुलन भन्ने प्रश्नको सहकार्यले जटिल बनाइदिएको छ ।
यद्यपि, समय अझै पूर्ण रुपमा सकिएको छैन । समानुपातिक बन्दसुचि बुझाउने समयसिमा नजिकिँदै गर्दा आज पनि सहमतिको प्रयास जारी रहने नेताहरुले बताएका छन् । यसले राजनीतिक इच्क्षाशक्ति अझै जीवित रहेको संकेत गर्छ, तर त्यही इच्क्षा शक्तिलाई व्यवहारिक लचकताले साथ नदिएसम्म “नयाँ विकल्प” भन्ने नारामात्रै सीमित हुने खतरा पनि उत्तिकै छ ।
जनताले खोजेको नेतृत्व पदको हिसाब—किताबभन्दा माथि उठेर साझा दृष्टिकोण र स्पष्ट मार्गचित्र हो । यदि यो प्रयास पनि व्यक्तिगत आकांक्षाको भाग थेगन नसकी असफल भयो भने, त्यसको मूल्य फेरी आम नागरिकले नै तिर्नुपर्नेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस