समाचार

जनविरोधपछि रास्वपाको यू—टर्न, समानुपातिक सूची सच्याउने निर्णय—

WhatsApp Image 2025 12 31 at 12.25.37 PM

सामाजिक सञ्जालमा व्यापक रुपमा उठेको जनविरोधपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो समानुपातिक उम्मेदवार सुचिमा देखिएका त्रुटि सच्चाउने निर्णय गरेको छ । पार्टी नेतृत्वले सार्वजनिक चासो र आलोचनालाई गम्भीर रुपमा लिँदै सुची पुनरावलोकन गर्ने प्रतिबद्धता जनाएको हो ।
पार्टीका अनुसार समावेशिता,योग्यता र न्यायको मापदण्ड अनुसार सुचिलाई परिमार्जन गरिनेछ । पछिल्ला दिनमा सामाजिक सञ्जाल मार्फत उठेका प्रश्नहरुले पार्टीभित्र आत्मसमिक्षा आवश्यकता भएको संकेत दिएको भन्दै रास्वपाले जनभावनाको कदर गर्दै सुधार प्रक्रिया अगाडी बढाएको जनाएको छ ।
राजनीति पारदर्शिता र उत्तरदायित्व आवश्यक हुने भन्दै नागरिक समाजले समेत यो निर्णयलाई सकारात्मक रुपमा लिएको छ । अब संशोधित सुचिले पार्टीको मूल्य—मान्यता र जनअपेक्षालाई कति सम्बोधन गर्छ भन्ने कुरामा सबैको चासो केन्द्रित भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस