समाचार

आवधिक निर्वाचन नै राजनीतिक स्थायित्वको आधार –

WhatsApp Image 2025 12 31 at 1.31.55 PM

निर्वाचनको कार्यतालिका सार्वजनिक भइसकेको छ । समानुपातिकतर्फको नामावली समेत निर्वाचन आयोगमा पेश भइसकेसँगै देश अब औपचारिक रूपमा चुनावी वातावरणतर्फ प्रवेश गरेको छ । यस्तो अवस्थामा सरकारको ध्यान सत्ता जोगाइरहने रणनीतिमा सीमित नभई, लोकतान्त्रिक प्रक्रिया सहज रूपमा अघि बढाउँदै निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने दिशामा केन्द्रित हुनुपर्छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले व्यक्त गरेझैँ, समयमै निर्वाचन सम्पन्न हुन नसके देश थप अस्थिरतातर्फ धकेलिन सक्छ । राजनीतिक अन्योल र अस्थिरताले शासन प्रणालीप्रति जनविश्वास कमजोर बनाउँछ, जसको असर राज्यका सबै संरचनामा पर्न जान्छ । त्यसैले सत्ता निरन्तरताभन्दा पनि प्रणालीको निरन्तरतामा जोड दिनु आजको आवश्यकता हो ।
सुशासनको मूल आधार नै आवधिक निर्वाचन हो । जनताबाट ताजा जनादेश प्राप्त सरकार मात्रै नीतिगत निर्णयमा दृढ हुन सक्छ, विकास र सुशासनका एजेन्डालाई प्रभावकारी रूपमा अघि बढाउन सक्छ । अस्थायी व्यवस्थाले होइन, जनताको मतले स्थापित सरकारबाट मात्रै राजनीतिक स्थायित्व सम्भव हुन्छ ।
यस सन्दर्भमा सबै राजनीतिक शक्ति, राज्य संयन्त्र र सरोकारवाला निकायहरूले लोकतान्त्रिक मूल्यलाई आत्मसात् गर्दै निष्पक्ष, स्वतन्त्र र विश्वसनीय निर्वाचन सुनिश्चित गर्न साझा प्रतिबद्धता जनाउनु आजको अपरिहार्य आवश्यकता बनेको छ । लोकतन्त्रको भविष्य सुरक्षित राख्ने बाटो यही हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *