समाचार

रास्वपाको संगठन सुदृढीकरणतर्फ पहिलो औपचारिक कदम –

WhatsApp Image 2026 01 04 at 3.40.35 PM

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा सुरु भएको छ। पार्टी समायोजन र निर्वाचन प्रक्रियालाई केन्द्रमा राखेर भइरहेको यो बैठकलाई संगठनात्मक रूपमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।
पार्टी प्रवक्ता मनिष झाले बैठकमा संगठन व्यवस्थापन, आन्तरिक समन्वय तथा आगामी निर्वाचन रणनीतिबारे गम्भीर छलफल भइरहेको जानकारी दिएका छन्। विशेषतः पार्टीभित्र देखिएका संरचनागत चुनौती, जिम्मेवारी बाँडफाँट र कार्यविधिगत स्पष्टतामाथि सचिवालयको ध्यान केन्द्रित रहेको देखिन्छ।
यो बैठक पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किएपछि बसेको पहिलो केन्द्रीय सचिवालय बैठक हो। पुस ४ गते उच्च अदालत बुटवलको आदेशअनुसार धरौटीमा रिहा भएपछि लामिछाने पुनः सक्रिय राजनीतिक भूमिकामा फर्किएका हुन्। त्यसैले पनि उनको उपस्थितिमा बसेको यो बैठकले पार्टीको भावी दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।
रास्वपा अहिले संगठन विस्तार र निर्वाचन तयारी दुवै दृष्टिले निर्णायक चरणमा रहेको छ। जनअपेक्षा उच्च रहेको अवस्थामा पार्टीले आन्तरिक अनुशासन, पारदर्शिता र व्यवस्थित निर्वाचन प्रक्रियामार्फत आफूलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा सुदृढ गर्नुपर्ने चुनौती छ। सचिवालय बैठकबाट निस्कने निर्णयहरूले पार्टीलाई कति एकताबद्ध, व्यवस्थित र चुनावमुखी बनाउँछ भन्ने विषयले आगामी दिनमा यसको राजनीतिक भविष्य निर्धारण गर्दछ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस