समाचार

एन आरएनभित्रको आन्तरिक राजनीति र मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण विवाद –

WhatsApp Image 2026 01 09 at 4.48.29 PM

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमणलाई लिएर उत्पन्न विवादले गैरआवासीय नेपाली संघ (एनआरएन) भित्रको गहिरो आन्तरिक राजनीतिलाई सतहमा ल्याएको छ। एउटै देशमा क्रियाशील दुई फरक–फरक एनआरएन समूहले मन्त्रीलाई अमेरिका बोलाइएको र नबोलाइएको भन्दै परस्पर विरोधी विज्ञप्ति सार्वजनिक गरेपछि मन्त्री गुप्ता अनावश्यक विवादमा तानिएका हुन्।
एक पक्षले मन्त्री गुप्तालाई औपचारिक निमन्त्रणा गरिएको दाबी गर्दै भ्रमणको औचित्य पुष्टि गर्न खोजेको छ भने अर्को पक्षले त्यस्तो कुनै निमन्त्रणै नदिइएको स्पष्ट पार्दै पहिलो दाबीलाई अस्वीकार गरेको छ। यी विरोधाभासी वक्तव्यले प्रवासी नेपाली समुदायभित्रको शक्ति संघर्ष मात्र होइन, संस्थागत एकताको गम्भीर अभाव पनि उजागर गरेको छ।
एनआरएन जस्तो प्रवासी नेपालीहरूको साझा संस्था आन्तरिक खिचातानीमा फस्दा त्यसको असर प्रत्यक्ष रूपमा राज्यका प्रतिनिधिमाथि पर्नु दुःखद् विषय हो। मन्त्रीस्तरीय भ्रमण व्यक्तिगत सम्बन्ध वा समूहगत इच्छामा आधारित नभई कूटनीतिक मर्यादा, औपचारिक प्रक्रिया र स्पष्ट सहमतिमा आधारित हुनुपर्ने हो। तर यहाँ संस्थागत अस्पष्टताले मन्त्रीलाई विवादको केन्द्रमा पुर्‍याएको देखिन्छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस