भारतको हिमाचल प्रदेशमा भएको ग्यास सिलिण्डर विस्फोटले नेपाली समाजलाई फेरि एकपटक गहिरो शोकमा डुबाएको छ। उक्त घटनामा सल्यान जिल्लाको सिद्धकुमार गाउँपालिका–२ का ९ जना नेपाली नागरिकले ज्यान गुमाउनु केवल एउटा दुर्घटना होइन, यो राज्यको लापरवाही र वैदेशिक रोजगारीको असुरक्षित यथार्थको कठोर चित्र हो।
घर–परिवारको भविष्य सुरक्षित बनाउने सपना बोकेर परदेशिएका नेपालीहरू यसरी अकालमै ज्यान गुमाउनुपर्दा पीडा केवल ती परिवारमा सीमित छैन, यो सम्पूर्ण देशको साझा पीडा हो। एउटै गाउँका नौ–नौ जना नागरिकको मृत्युले सिद्धकुमार गाउँपालिका नै शोकस्थलमा परिणत भएको छ।
यस घटनाले वैदेशिक रोजगारीमा गएका नेपालीको सुरक्षा, बसोबास र श्रम अधिकार कति कमजोर अवस्थामा छन् भन्ने प्रश्न गम्भीर रूपमा उठाएको छ। कामको खोजीमा देश बाहिर जान बाध्य नागरिकको जीवन सुरक्षाप्रति राज्यको जिम्मेवारी यत्तिकै सीमित रहनु कदापि स्वीकार्य हुन सक्दैन।
अब सरकार केवल शोक वक्तव्यमा सीमित हुनु हुँदैन। मृ’तकका परिवारलाई न्यायोचित क्षतिपूर्ति, शव स्वदेश ल्याउन तत्काल कूटनीतिक पहल, र भविष्यमा यस्ता दुःखद घटना नदोहो¥याउन वैदेशिक रोजगारी सुरक्षा प्रणालीमा ठोस सुधार अनिवार्य छ।