समाचार

प्रभु बैंकमा नयाँ नेतृत्व, अपेक्षा र जिम्मेवारी–

WhatsApp Image 2026 02 03 at 2.14.48 PM

नेपालको बैंकिङ क्षेत्रमा महत्वपूर्ण स्थान ओगटेको प्रभु बैंकले आफ्नो नेतृत्वमा नयाँ अध्याय सुरु गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैंठकले अनुभवी बैंकर सुमन शर्मालाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।
बैंकिङ क्षेत्र अहिले चुनौती र अवसर दुवैको संगममा छ । तरलता अभाव, बढ्दो प्रतिस्पर्धा, प्रविधिगत परिवर्तन र ग्राहक विश्वास राख्ने जिम्मेवारी जस्ता विषयले बैंकहरुलाई निरन्तर दबाबमा राखिरहेका छन् । यस्ता बेला नयाँ नेतृत्वले केवल संस्था सञ्चालन मात्र होइन, दीर्घकालिन रणनीतिक सोचसहित बैंकलाई स्थायित्व र प्रगतितर्फ डोर्‍याउनु पर्ने हुन्छ ।
सुमन शर्मासँग बैंकिङ क्षेत्रमा लामो अनुभव रहेको जनाइएको छ । उनको नेतृत्वमा प्रभु बैंकले सुशासन,जोखिम व्यवस्थापन र डिजिटल सेवामा थप सुधार गर्दै ग्राहक केन्द्रित बैंकको पहिचान अझ मजबुद बनाउने अपेक्षा गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *