पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जङ्गलमा बुधबार बिहान कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
काँकडभिट्टाबाट बुटवलतर्फ जाँदै गरेको लु ३ च ५४७२ नम्बरको कार बाँके जङ्गलको तेस्रो लच्का क्षेत्रमा राजमार्ग विस्तारका क्रममा बनाइएको डाइभर्सनमा अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनामा परेका घाइतेहरूलाई तत्काल उद्धार गरी नजिकको स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ। मृतक तथा घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
डाइभर्सन व्यवस्थापन कमजोर भएको र सडक संकेत प्रष्ट नदेखिँदा यस्ता दुर्घटना बढ्दै गइरहेका छन्। स्थानीयले सडक विस्तारसँगै सुरक्षा उपाय कडाइका साथ अपनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
प्रतिक्रिया दिनुहोस