समाचार

डा. बाबुराम भट्टराईलाई पितृशोक-

WhatsApp Image 2026 02 05 at 10.57.54 AM

पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ। उहाँका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ।
निकट स्रोतका अनुसार केही दिनदेखि उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो। उपचारका लागि बाँसबारीस्थित न्युरो हस्पिटलमा भर्ना गराइएको थियो। अस्पतालमै उपचारकै क्रममा उहाँको निधन भएको हो।
स्व. भोजप्रसाद भट्टराई सरल, अनुशासित र समाजप्रति जिम्मेवार व्यक्तित्वका रूपमा चिनिनुहुन्थ्यो। उहाँको निधनले भट्टराई परिवार मात्र होइन, उहाँलाई चिन्ने शुभेच्छुकहरूलाई समेत गहिरो दुःखमा डुबाएको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *