समाचार

चुनावी भाषण कि फेरि सपना बाँड्ने राजनीति? –

WhatsApp Image 2026 02 05 at 2.59.11 PM

“चुनावपछि आफु प्रधानमन्त्री भए, ६ महिनाभित्र घर–घरमा ग्यास पुर्याउनेछु।”
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो दाबी फेरि एकपटक चर्चामा आएको छ।
यो कुनै नयाँ प्रतिवद्धता होइन। यसअघि पनि ओली नेतृत्वको सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ जस्ता नारासहित ठूला–ठूला सपना देखाएको थियो। तर ती सपनाहरू कति कार्यान्वयन भए? जनताले अझै प्रश्न गरिरहेका छन्।
देशमा अझै पनि ग्रामीण भेगमा दाउरा र कोइला बालेर खाना पकाउन बाध्य परिवारहरूको संख्या ठूलो छ। यस्तो अवस्थामा “६ महिनाभित्र घर–घरमा ग्यास” पुर्याउने दाबी व्यवहारिक हो कि केवल चुनावी भाषण? गम्भीर बहस आवश्यक छ।
यस्ता घोषणाहरू केवल भाषणमा सीमित हुँदा जनताको भरोसा खस्किँदै गएको छ। ग्यासजस्तो आधारभूत सेवाको लागि पूर्वाधार, भण्डारण, ढुवानी, सब्सिडी र नियमित आपूर्ति प्रणाली आवश्यक हुन्छ। यी सबै पक्षबारे कुनै स्पष्ट योजना सार्वजनिक गरिएको छैन।
राजनीतिमा सपना देखाउनु गलत होइन, तर सपना साकार बनाउने क्षमता देखाउनु अझ महत्वपूर्ण हो।
जनता अब शब्द होइन, परिणाम चाहन्छन्।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *