धादिङको थाक्रेमा भएको पछिल्लो सवारी दुर्घटनाले फेरि एकपटक हाम्रो सडक प्रणाली कति असुरक्षित छ भन्ने कटु यथार्थ उजागर गरेको छ। दुईवटा बस एक–आपसमा ठोक्किँदा एउटा बस अनियन्त्रित भई चिया पसलभित्र पस्नु र त्यहाँ चिया खाइरहेका निर्दोष नागरिकको ज्यान जानु सामान्य दुर्घटना मात्र होइन, यो राज्यको लापरबाही र प्रणालीगत कमजोरीको परिणाम हो।
आज चिया पसलमा बसेका एक सामान्य नागरिकले ज्यान गुमाउनु परेको छ, जसको दोषी केवल बस चालक मात्र होइन, यस्तो अवस्था सिर्जना हुन दिने सम्पूर्ण प्रणाली हो। राज्यले दुर्घटनापछि समवेदना प्रकट गर्नु मात्र पर्याप्त छैन, अब ठोस कार्ययोजना आवश्यक छ। नियमित सवारी जाँच, चालक तालिम, गति नियन्त्रण, र जोखिमयुक्त क्षेत्रको व्यवस्थापनमा कडाइ नल्याएसम्म यस्ता घटना दोहोरिरहनेछन्।
प्रतिक्रिया दिनुहोस