समाचार

मेघालयको अवैध खानी र नेपालीको रगत –

WhatsApp Image 2026 02 10 at 9.55.27 AM

भारतको मेघालय राज्यस्थित एक अवैध कोइलाखानीमा भएको डाइनामाइट विष्फोटले नेपाली समाजलाई स्तब्ध बनाएको छ। यस घटनामा ज्यान गुमाउने नेपालीको संख्या चार पुगेको छ।
बेपत्ता रहेका खोटाङ हलेसी तुवाचुङ–५ का ५० वर्षीय रत्न राईको पनि मृत्यु पुष्टि भएसँगै पीडाको आँसु झन् गहिरो बनेको छ। यसअघि खोटाङकै तीन जनाले सोही खानीमा ज्यान गुमाइसकेका थिए।
यो दुर्घटना मात्र होइन, यो राज्यको लापरवाही, बेरोजगारी र गरिबीको ज्वलन्त परिणाम हो। देशमै रोजगारीको अभावले गर्दा हजारौँ नेपाली जोखिमपूर्ण अवैध खानीमा काम गर्न बाध्य छन्। न सुरक्षा, न बीमा, न राज्यको संरक्षण—तर पनि पेटको भोकले उनीहरूलाई मृत्युको मुखमा धकेलिरहेको छ।
विष्फोटमा केही नेपाली गम्भीर घाइते छन् भने दर्जनौँ कामदार अझै खानीमै फसेको अनुमान गरिएको छ। उद्धार कार्य सुस्त, समन्वय कमजोर र जिम्मेवारी अस्पष्ट देखिनु झन् दुःखद पक्ष हो।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *