समाचार

जनयुद्धको भूमि रूकुम पूर्वबाट प्रचण्डको राजनीतिक अपिल –

WhatsApp Image 2026 02 18 at 10.19.31 AM

चुनावी अभियानका क्रममा रुकुम पूर्व पुगेका नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश अप्ठ्यारो अवस्थामा रहेको बताएका छन्।
रुकुम पूर्वमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले भने, “देश अप्ठ्यारो अवस्थामा छ। यही आधार इलाकाबाट जनयुद्ध र क्रान्ति सुरु गरिएको थियो। अहिले यहीँबाट नयाँ सन्देश दिन रुकुम पूर्व आएको हुँ।”
उनले रुकुम पूर्वलाई जनयुद्धकालीन ऐतिहासिक आधार इलाका भएको उल्लेख गर्दै यहाँबाट फेरि राजनीतिक परिवर्तनको सन्देश दिन चाहेको बताए।
चुनावी माहोल तातेको बेला प्रचण्डको यो अभिव्यक्तिलाई प्रतीकात्मक र सन्देशमूलक रूपमा हेरिएको छ। कार्यक्रममा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *