गगन थापाले देश निर्माणको जिम्मेवारी कुनै एक दलको मात्रै नभएको स्पष्ट पार्दै सबै राजनीतिक शक्ति मिलेर अघि बढ्नुपर्ने बताएका छन्। उनले लोकतन्त्रलाई सुदृढ बनाउन र जनअपेक्षा सम्बोधन गर्न सहकार्य र सहमतिको राजनीति आवश्यक रहेको धारणा राखे।
उनका अनुसार वर्तमान चुनौतीपूर्ण अवस्थामा दलहरूबीचको प्रतिस्पर्धा मात्रै होइन, सहकार्य पनि उत्तिकै महत्वपूर्ण छ। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)देखि जनता समाजवादी पार्टी (जसपा)सम्म सबै दलसँग सहकार्य गरेर देशलाई समृद्धिको दिशामा अघि बढाउनुपर्नेमा जोड दिए।
प्रतिक्रिया दिनुहोस