समाचार

नवलपरासी पूर्वमा ४५ सहित गण्डकीमा थप ६६ जनामा कोरोना पुष्टि

pcr test lab

३ असोज, पोखरा । गण्डकी प्रदेशमा शनिबार थप ६६ जनामा कोरोना पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा परिक्षणमा गण्डकी  प्रदेशमा शनिबार थप ६६ जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ संक्रमितहरुमा नवलपरासी पूर्वका ४५ जना रहेका छन् भने कास्कीका १३ जना, तनहुँका ३ जना, स्याङजाका २ जना, पर्बतका २ जना र लमजुङका एक जना रहेका छन् ।

संक्रमितमध्ये १ जना पोखरा विश्वविद्यालयमा कार्यरत चिकित्सक, एक जना नेपाली सेनामा र अर्की एक जना स्वास्थ्य स्वयंसेविका रहेको निर्देशक शर्माले जानकारी दिए ।

अन्य सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पत्ता लागेको र उनीहरुलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस