घोराही उप-महानगरपालिकाको सेवा शुरु

५ असोज, काठमाडौं । कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि बन्द भएको दाङको घोराही उप-महानगरपालिका कार्यालयको सेवा आजदेखि पुनः शुरु भएको छ ।

उपमहानगरपालिकाका छ कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि गत भदौ ३१ देखि यही असोज ४ गतेसम्मलाई आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको थियो ।

बन्द सबै सेवा आजदेखि सञ्चालन भएको उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जानकारी दिए । दाङमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार पाँच पुगेको छ । तीमध्ये ७९६ जना कोरोनामुक्त भइसकेका छन् ।

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।