Advertisement

About Author

Morgan Howen

Morgan is an example author of everest news. She has just a dummy image &

Everest News

Ut interdum risus felis, eget rhoncus sem aliquam nec. Sed eu congue arcu. Duis ultricies orci nec diam malesuada accumsan. Aliquam pulvinar pulvinar orci, nec ornare ex efficitur ac. Proin quis laoreet quam. Praesent sagittis mollis turpis tempus sodales. Ut efficitur tortor nec condimentum ornare.

सुदूरपश्चिमका सात स्थानमा स्वचालित मौसम मापन केन्द्र

७ असोज, कञ्चनपुर । मौसमी सूचना सङ्कलन गरी किसानलाई पूर्वजानकारी दिनका लागि सुदूरपश्चिम प्रदेशका सात स्थानमा स्वचालित मौसम मापन केन्द्र स्थापना गरिएका छन् । मौसमी सूचना सङ्कलन गरी ‘रियल टाइम’मा विवरण हेर्न सकिने गरी स्वचालित मौसम मापन केन्द्र स्थापना गरिएका हुन् ।

कृषि विकास निर्देशनालय दिपायलको रु २९ लाखको लागतमा टिकापुर पोलिटेक्निक इन्स्टिच्युट कैलाली, कृषि ज्ञान केन्द्र कञ्चनपुर, कृषि ज्ञान केन्द्र बझाङ, सुक्खा फलफूल विकास केन्द्र सतबाझ बैतडी, कृषि क्याम्पस गोकुले, तरकारी बीउ उत्पादन केन्द्र डडेल्धुरा र कृषि विकास निर्देशनालय दिपायलमा केन्द्र स्थापना गरिएका छन् ।

स्वचालित मौसम मापन केन्द्रबाट वर्षा हुने/नहुने, वायुको तापक्रम, अधिकतम तापक्रम, न्यूनतम तापक्रम, हावाहुरी, बादल लाग्ने/नलाग्ने, सापेक्षिक आद्रता, हावाको गति र हावाको दिशाबारे जानकारी लिन सकिने निर्देशनालयका सूचना अधिकारी टेकबहादुर विष्टले बताए ।

जलवायु घटनाक्रमको आँकलन गरी केन्द्रमा जडान गरिएका उपकरणले उपलब्ध गराएको विवरण निर्देशनालयको वेवसाइटमा अपलोड भई हेर्न सकिने र सरोकारवालालाई मौसमको जानकारी दिन सकिने व्यवस्थासमेत रहेको छ । उनले भने, “किसानलाई बाली उत्पादनमा सघाउ पुर्याउने उद्देश्यले मौसमसम्बन्धी उपकरण जडान गरिएका हुन् ।”

किसानले लगाएको बालीमा हुनसक्ने हानी–नोक्सानी कम गर्न, बाली सुरक्षा गर्न र बाली लगाउनका लागि प्रतिकूल मौसमबारे जानकारी दिनका लागि केन्द्रले सघाउ पुर्याउने उनको भनाइ छ । वर्षभरिको विवरण केन्द्रमा जडान गरिएका उपकरणका माध्यमबाट सुरक्षित गर्न सकिने भएकाले कुन मौसममा कुन बाली लगाएर बढी उत्पादन लिन सकिन्छ भन्नेबारे जानकारी किसानलाई दिन सकिने हुन्छ ।

“केन्द्रमा जडान गरिएका उपकरणले तापक्रम र सापेक्षित आद्रताबारे जानकारी दिने भएकाले बालीमा रोग किरा लाग्ने/नलाग्नेबारे अनुमान लगाउन सहज हुन्छ”, कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले भने, “किसानले लगाएको बालीलाई रोग किराबाट जोगाउन समेत मद्दत मिल्ने छ ।” मौसमजन्य प्रकोपबाट हुने क्षति कम गर्न केन्द्रले सघाउ पु¥याउने उनको भनाइ छ ।

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।