पाल्पामा पहिरोले घर पुरिँदा ६ जना बेपत्ता

८ असोज, पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा लगातारको वर्षापछि गएको पहिरोमा ६ जना बेपत्ता भएका छन् ।

माथिबाट खसेको पहिरोमा परेर रम्भा गाउँपालिका २ फोक्सिङकोटस्थित बेलङ्जाका हुमबहादुर गाहा र मन बहादुर गाहाको घर पुरिएको प्रहरीले जानकारी दिएको छ ।

तीनदिनदेखि परेको अविरल पहिरोमा बेपत्ता भएकाहरुको खोजी कार्यमा पनि कठिनाइ भइरहेको छ ।

एनएमबि न्यूज