ललितपुरमा पहिरोले ट्रिपर र मोटरसाइकल पुरिए, ५ जना घाइते

८ असोज, काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर ललितपुरको वाग्मती गाउँपालिकास्थित भट्टेडाँडामा दुईवटा टिपर र एउटा मोटरसाइकल पुरिएका छन् ।

कान्ति लोकपथ अन्तर्गत पर्ने भट्टेडाँडामा हिजो (बुधबार) बेलुका पहिरो जाँदा टिपर र मोटरसाइकल पुरिएको हो ।

पहिरोमा परि ५ जना घाइते भएका छन् । उनीहरुमध्ये दुईजनाको अवस्था चिन्ताजनक रहेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेक प्रसाद राईले बताए । पहिरोका कारण बाटो अवरुद्ध भएको छ । घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भईरहेको छ ।

एनएमबि न्यूज