पछिल्लो २४ घण्टामा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७० हजार नाघ्यो

९ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३१३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ । संक्रमितमध्ये ५१ हजार ८६६ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४५९ जनाको मृत्यु भएको छ ।

एनएमबि न्यूज