१० असोज, दाङ । दाङको तुलसीपुरबाट प्रहरीले ५ किलो लागुऔषध अफिम सहित २ जना पक्राउ गरेको छ ।
शुक्रवार साँझ करिब ८ बजेतिर तुलसीपुर-६ गुम्राहचोकबाट रोल्पा साबिक गाविस थवाङ-५ का ४६ बर्षीय कर्म कुमार बुढा र उनकी ४६ बर्षीय श्रीमती राज कुमारी रोकालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले रोल्पाबाट दाङ ल्याउन लागेको विशेष सूचनाको आधारमा उनीहरुलाइ अफिमसहित पक्राउ परेको जानकारी दिए । एसपी चन्दले उनीहरुलाइ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको बताए ।
प्रतिक्रिया दिनुहोस