११ असोज, काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल भारतको विहारमा रहेको न्युन चापीय क्षेत्र कमजोर हुने क्रममा रहेको छ ।
अहिले प्रदेश १ मा पूर्णतया बदली रही देशभर सामान्य बदली रहेको अवस्था रहेको छ ।
यसैगरी, आइतबार दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरू तथा प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै, प्रदेश नं १ का एक, दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
यस्तै, राति प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरू तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक, दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस