१२ असोज, कैलाली । सेती प्रादेशिक अस्पताल, कैलालीमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका-१ की ६३ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या आएपछि उनी असोज ७ गते अस्पतालमा भर्ना भएकी थिइन् ।
दमको रोगी समेत रहेकी उनमा असोज १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै धनगढीमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
प्रतिक्रिया दिनुहोस