काठमाडौं,
चेक बाउन्स गरी बैंकिङ कसुर गरेको मुद्दामा फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार प्रहरीले नयाँबजार बस्ने ५५ वर्षीय राजमान सुनार र धर्मस्थली बस्ने ४१ वर्षीय विश्वमर्दन बस्नेतलाई पक्राउ गरेको हो ।
दीपककुमार विश्वकर्माको जाहेरीले सुनारलाई उच्च अदालत पाटले बैंकिङ कसुरमा गत फागुन २१ गते ५ दिन कैद र १४ लाख ६९ हजार ६ सय ४० जरिवानाको फैसला सुनाएको थियो । त्यसयता उनी फरार हुँदै आएका थिए ।
त्यसैगरी वीरबहादुर गोलेको जाहेरीले श्रेष्ठलाई उच्च अदालत पाटनले गत फागुन १८ गते ५ दिन कैद र १३ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । उनीहरुलाई लुकिछिप बसेको अवस्थामा काठमाडौंबाट पक्राउ गरिएको हो । पक्राउ परेका दुबै जनालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको सिआइबीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस