समाचार

रेल्वे कम्पनीमा जागिर: मागियो १२९ कर्मचारी, आवेदन दिए ३२ हजारले, कसरी गरिँदैछ छनोट ?

janakpur rail

१४ असोज, काठमाडौं । रेलवे कम्पनीमा जागिरको लागि ३२ हजार जनाले आवेदन दिएका छन् । १२९ कर्मचारी माग भएको ठाउँमा ३२ हजारको आवेदन परेको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनाएका छन् ।

नेपाल रेल्वे कम्पनीले शाखा अधिकृत, कानुन अधिकृत, स्टेसन मास्टर, सव इन्जिनियर, सहायक स्टेसन मास्टर, प्रमुख प्रशासन सहायक, क्यासियर, टिकट बिक्रेता सहायक, अमिन, रेल गार्ड, फोर म्यानलगायत २९ पदमा करारमा कर्मचारी माग गरेको थियो ।

जनकपुर जयनगर रेलममार्ग तथा रेलगाडीको तयारीपछि रेल्वे कम्पनीले आवश्यक कर्मचारी भर्ना गर्न लागेको हो । महाप्रवन्धक भट्टराईले पहिलो चरणमा शैक्षिक योग्यताका आधारमा मेरिट लिष्ट प्रकाशन गर्ने, दोश्रो चरणमा अन्तरवार्तापछि अन्तिम नामावली प्रकाशन गर्ने जनाएका छन् । उनले नातागोता, सोर्सफोर्स, चीनजानका आधारमा छनौट नगरिने दावी पनि गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस