१५ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिंचाई विभाग ललितपुरका चिफ डिभिजनल इन्जिनियर (सीडीई) सुरेश कुमार शर्माविरुद्ध ३ करोड ६ लाख ५४ हजार ९ सय ३२ रुपैयाँ भ्रष्टाचार गरी सम्पत्ति कमाएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार २०५२ माघ १८ गते अधिकृतका रुपमा सरकारी सेवामा प्रवेश गरेका शर्माले आर्थिक वर्ष २०७६/७७ सम्मको आर्जन गरेको मध्ये तीन करोड ६ रुपैयाँको स्रोत नखुलेको जानकारी दिए ।
आयोगले उनकी श्रीमती बबिता फुयाल शर्माविरुद्ध पनि मुद्दा दायर गरेको छ ।
आयोगको अनुसन्धानबाट शर्माले सरकारी सेवामा रहँदा २ करोड ३५ लाख ३१ हजार ६ सय ७४ रुपैयाँ मात्र वधै आम्दानी गरेका सिडिइ शर्माले अहिलेसम्म ५ करोड ४१ लाख ८६ हजार ६ सय सम्पत्ती थुपारेका छन् ।
प्रतिक्रिया दिनुहोस