कास्की, असार २२ –
पोखरा वडा–५, जिरो किलोमिटरमा आइतबार राति लु ५९ प ८७८१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री एक महिलाको मृत्यु भएको छ ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते स्थानीय ५१ वर्षीया रुपासिंह बिकको पोखराको सृजनाचोक स्थित मेट्रोसिटी अस्पतालमा उपचारकै क्रममा आइतबार राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक पोखरा–६ बस्ने वर्ष १९ का नारायणप्रसाद आचार्यसमेत घाइते भएकामा उनको अवस्था मध्यम रहेको र हाल रिजन अस्पताल जिरोमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस