समाचार

वैदेशिक रोजगारः ठगी मुद्दाका फरार अभियुक्त पक्राउ

bhimbahadur

१९ असोज, काठमाडौं । प्रहरीले वैदेशिक रोजगार ठगीका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ घर भई काठमाडौँ बौद्ध बस्ने २८ वर्षीय भीमबहादुर तामाङ रहेका छन् ।

महानगरीय अपराध महाशाखाका प्रमुख तथा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाका अनुसार खोजी सूचीमा रहेका तामाङलाई बौद्धबाट पक्राउ गरेको हो ।

उनले सृजना दोङ समेतका व्यक्तिलाई विदेश पठाउने भन्दै ४६ लाख ५० हजार रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । उक्त कसुरमा २०७४ भदौ ११ गते अदालतले उनलाई १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।

सोही मुद्दाका फरार प्रतिवादी तुलबहादुर तामाङलाई भने महाशाखाको टोलीले असोज १६ गते डिल्लीबजारबाट पक्राउ गरेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस