समाचार

कालिमाटी बजार विकास समितिको अध्यक्षमा कार्की नियुक्त

pradip gyawali

२१ असोज, काठमाडौं । सरकारले कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिको अध्यक्षमा कृषि तथा पशुुपन्छी विकास मन्त्रालयका सहसचिचव डा योगेन्द्र कुमार कार्कीलाई नियुक्त गरेको छ ।

असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । त्यस्तै समितिको कार्यकारीमा विनोदकुमार भट्टराईलाई नियुक्त गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद‍्ले दुवै निर्णय गरेको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस