Advertisement

About Author

Morgan Howen

Morgan is an example author of everest news. She has just a dummy image &

Everest News

Ut interdum risus felis, eget rhoncus sem aliquam nec. Sed eu congue arcu. Duis ultricies orci nec diam malesuada accumsan. Aliquam pulvinar pulvinar orci, nec ornare ex efficitur ac. Proin quis laoreet quam. Praesent sagittis mollis turpis tempus sodales. Ut efficitur tortor nec condimentum ornare.

एकैपटक एक सय १४ जिल्ला न्यायाधीशको सरुवा (को कहाँ, सूचीसहित)

२१ असोज, काठमाडौं । एकैपटक ठूलो संख्यामा न्यायपरिषदले १ सय १४ जिल्ला न्यायाधीशको सरूवा र २९ जनाको पदस्थापन गरेको छ । बुधबार बसेको न्याय परिषदको बैठकले एकैपटक ठूलो संख्यामा सरुवा गरेको हो ।

परिषदले जिल्ला अदालत भक्तपुरका न्यायाधीश जगतनाराण श्रेष्ठलाई तनहुँ सरुवा गरेको छ भने सुनसरी जिल्ला अदालतका राधाकृष्ण उप्रेतीलाई गुल्मी पठाएको छ ।

यसैगरी जिल्ला अदालत ललितपुरका न्यायाधीश महेन्द्रबहादुर कार्कीको सिन्धुपाल्चोक सरुवा भएको छ । परिषद्ले महोत्तरीमा कार्यरत न्यायाधीश विष्णुप्रसाद सुवेदीलाई कपिलवस्तु सरुवा गरेको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश हर्जुन प्रसाद कोइरालालाई जिल्ला अदालत सुनसरी पठाएको छ । यस्तै कपिलवस्तु जिल्ला अदालतका न्यायधीश लोकजङ साहलाई दार्चुला पठाएको छ ।

यस्तै परिषद्ले हालसालै न्यायाधीश नियुक्त भएका २९ जनाको पदस्थापना समेत गरेको छ । २९ जना नै सर्वोच्च अदालतमा कार्यरत थिए ।

हेर्नुहोस् को कहाँ सरुवा भए ?

एनएमबि न्यूज