रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु

२२ असोज, बुटवल । रूपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा थप एक संक्रमितको मृत्यु भएको छ ।

असोज १२ गते पीसीआर परीक्षणमा ‘पोजिटिभ’ देखिएका सिद्धार्थनगर नगरपालिका–५ का ४७ वर्षीय पुरुषको बुधबार राति १० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी सुशील गुरुङले जानकारी दिए ।

उनी सुरुमा होम आइसोलेसनमा बसे पनि स्वास्थ्यमा थप समस्या भएपछि उनलाई १४ गते अस्पताल भर्ना गरी भेन्टिलेटरमा राखेर उपचार गर्दा गर्दे मृत्यु भएको गुरुडले बताए ।

यो सँगै युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा  अस्पतालमा सात संक्रमितको मृत्यु भइसकेको अस्पताले जनाएको छ ।

एनएमबि न्यूज