२३ असोज, काठमाडौं । गुण्डागर्दीमा संलग्न भएको अरोप लाग्दै आएका राधे भण्डारीलाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ । सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धाक–धम्की दिएको अभियोगमा उनलाई पक्राउ गरिएको धादिङक प्रहरी उपरिक्षक (एसपी) महेन्द्र खड्काले जानकारी दिए ।
एसपी खड्काका अनुसार अवैद्य रुपमा वालुवा निकाल्न लागेका भण्डारीलाई जनप्रीतनीधिहरुले रोक्न खोजेपछि विवाद हुँदा उनले जनप्रतिनीधिहरुलाई धम्क्याएको आरोपमा पक्राउ परेका हुन् । भण्डारी नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्ष समेत हुन् । उनी २३ जेठमा धादिङमा हतियारसहित पक्राउ परेका थिए ।
यसअघि ०७० साल २१ असारमा धादिङबाट राजधानी फर्किने क्रममा गुण्डा नाइके दिनेश अधिकारी (चरी) लाई गोली हानेपछि उनी चर्चामा आएका थिए । उनी चरीको प्रतिद्धन्दी मानिन्थे। चरी इन्क्काउण्टरमा मारिएपछि भने भण्डारीले धादिङका व्यापारीहरुलाई एकलौटी रुपमा धम्क्याउदै आएको प्रहरीले दावी गरेको छ ।