क्रिकेट

पन्जाबसँग कोलकाता २ रनले विजयी

Shubhman Gill

२४ भदौ, काठमाडौं । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकत्ता नाइट राइडर्सले किङ्स इलाभेन पन्जाबलाई पराजित गरेको छ । आबुधाबीमा शनिबार भएको खेलमा कोलकत्ताले किङ्स इलाभेन पन्जाब २ रनले पराजित गरेको हो ।

शेख जियाद स्टेटेडियममा कोलकाताले जितका लागि दिएको १६५ रनको लक्ष्य पञ्‍जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६२ रन बनायो । पञ्‍जाबका लागि केएल राहुलले अर्धशतकीय पारी खेले । ५८ बल खेलेका उनले ६ चौकाको सहयोगमा ७४ रन बनाए । त्यस्तै मयंक अग्रवालले पनि अर्धशतक बनाए । ३९ बल खेलेका उनले ६ चौका र १ छक्काको सहयोगमा ५६ रन बनाए ।

बलिङतर्फ कोलकाताका लागि प्रशिद कृष्णले सर्वाधिक तीन विकेट लिए । त्यस्तै सुनिल नारायणले दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनाएको थियो । कोलकाताका लागि मुभम गिल र दिनेश कार्तिकले अर्धशतकीय पारी खेले ।

४७ बल खेलेका गिलले ५ चौकाको सहयोगमा ५७ रन बनाए । त्यस्तै २९ बल खेलेका कार्तिकले ८ चौका र २ छक्काको सहयोगमा ५८ रन बनाउन सफल भए ।

बलिङतर्फ पन्जाबका लागि मोहमद स्विामी, आर्शदिप सिंह र रवि विश्नोइले समान एक–एक विकेट लिए । आजको खेलमा जित निकाल्दै कोलकक्ताले ७ खेलबाट ८ अंक जोडेको छ । कोलकक्ताको यो चौथो जित हो । यता ७ खेल २ अंक रहेको छ ।

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस