रोजगार

हेटौंडा सिमेन्टले माग्यो ३८ हजार कामदार !

hetauda cement

२५ भदौ, काठमाडौं । हेटौंडा सिमेन्टले करिब ३८ हजार कामदारको माग गरेको छ । आइतबार एक सूचना जारी गर्दै हेटौंडा सिमेन्टले ३८ हजार ६ सय ९५ जना कामदारको माग गरेको हो ।

यसमध्ये २ हजार ९ सय २० जना दक्ष र ३५ हजार ५ सय ७५ जना अदक्ष कामदार आवश्यक भएको हेटौंडा सिमेन्टद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

सो कामदारको आपूर्ति आउटसोर्सिङ मार्फत् गर्ने भन्दै यसका लागि ३० दिनको अवधिभित्र इच्छुक आपूर्तिकर्तालाई बोलपत्र पेश गर्न आह्वान समेत गरेको छ ।

Hetauda cement vacancy

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस