काठमाडौं, साउन १५ –
नेपालमा पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २७४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १९ हजार ५४७ पुगेको छ। संक्रमितमध्ये १४ हजार २ सय ४८ जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस