समाचार

बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु

pahiro 2

बैतडी, साउन २३ –

बैतडीमा पहिरोले घर पुरिदा आमाछोराको मृत्यु भएको छ ।

घरमाथिबाट पहिरो जाँदा डिलाशैनी गाउँपालिका वडा नम्वर ४ का आनसीह बोहराकी श्रीमती ४० वर्षीय पशुपति वोहरा र निजका १२ वर्षीय छोरा रिकेश वोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किसन चन्दले बताए ।

बिहीबार राति १  बजेतिर पहिरो खस्दा घरभित्रै सुतिरहेका आमाछोराको घटनास्थलमै मृत्यु भएको हो । पशिुपतीकी छोरीहरु १६ वर्षीया सुजिता र १२ वर्षीया सुनिताले भागेर ज्यान जोगाएका छन् ।

पहिरोले घर पूर्णरूपमा पुरेको स्थानीय महेश पन्तले बताए ।  घरभित्र पुरिएका दुवै जनाको शव निकालेर परीक्षणका लागि गोकुलेश्वर अस्पताल ल्याइन लागेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस