२७ साउन, काठमाडौं । प्रहरीले गोंगबु हत्याकाण्डमा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको छ । मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै हत्याको मूख्य अभियुक्त भनिएकी कमला मुडभरी पौडेललाई सार्वजनिक गरेको हो ।
गत आइतबार दाङका कृष्णबहादुर बोहोराको हत्या गरि फरार रहेकी कमला मुडभरी पौडेललाई प्रहरीले चितवनमा पक्राउ गरेको थियो । प्रहरीले दाङका कृष्णबहादुर बोहोराको निर्ममतापूर्वक हत्या गरि शव टुक्रापारी सुटकेशभित्र फालिएको अवस्थामा फेला परेको थियो ।
गोंगबु नवज्योती मार्गस्थित किरण बस्नेतको घरमा बस्दै आएकी कल्पनाको कोठाबाट प्रहरीले हत्यामा प्रयोग भएका दुुईवटा खुुकुरी र हम्मर बरामद गरेको छ । कल्पनालाई चितवनबाट सोमबार राती नै काठमाडौं ल्याइ आज सार्वजनिक गरिएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा हत्याको मूख्य कारण आर्थिक लेनदेन र यौन हिंसा रहेको बताएको छ ।
अभियुक्त कल्पनाले पनि हत्याको स्वीकार गरिसकेको प्रहरीले बताएको छ । प्रहरी सँगको बयानमा नशालु पदार्थ (स्लिपिङ ट्याब्लेट) खुवाएको पछि अण्डकोषमा ह्यामरले हानेको र खुकुरीले टाउको र खुट्टा छिनाएको बयान दिएकी काठमाडौं प्रहरीले बताएको छ ।
सम्बन्धित समाचार

