समाचार

जाली नोट कारोबारी इल्ताफ हुसेन अन्सारी पक्राउ

Iltaf Husein Aansari

२९ साउन, काठमाडौं । प्रहरीले जाली नोट कारोबारी इल्ताफ हुसेन अन्सारीलाई बाराबाट पक्राउ गरेको छ । अन्सारीलाई महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बाराको निजगढबाट पक्राउ गरेको हो ।

गत साउन १३ गते प्रहरीले कमलादीमा फेला पारेको १५ किलो नक्कली सुन प्रकरणमा हुसेनलाई  प्रहरीले बाराको निजगढबाट पक्राउ गरेको हो । युनुस अन्सारीसंग साझेदारी गरेका हुसेन २०७२ जेठ ३० गते भारतीय नक्कली नोटको कारोबारमा ललितपुरबाट पक्राउ परेका थिए ।

जिल्ला अदालत ललिपुरले जाली नोट कारोबारमा दोषी ठहर गर्दै २०६७ जेठमा तीन वर्ष कैद र २ करोड ६१ लाख रुपैंया विगो जरिवाना गराएको थियो ।

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस