१ भदौ, काठमाडौं । सरकारले प्रेस काउन्सिल नेपालको कार्यबाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको छ । मन्त्री परिषदको सोमबार बसेको बैठकले काउन्सिलको कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठलाई हटाउदै भण्डारीलाई कार्यबाहक अध्यक्ष तोकेको हो
भण्डारी केही दिनअघि मात्र काउन्सिलको सदस्य नियुक्त भएकी थिइन । बैठकले काउन्सिलको नियमावली नै परिवर्तन गरेर भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्रिपरिषद्का एक सदस्यले जानकारी दिए ।
त्यस्तै सरकारले युवा तथा साना ब्यबसाय स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमा डा. कल्याण रोकालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस