Advertisement

About Author

Morgan Howen

Morgan is an example author of everest news. She has just a dummy image &

Everest News

Ut interdum risus felis, eget rhoncus sem aliquam nec. Sed eu congue arcu. Duis ultricies orci nec diam malesuada accumsan. Aliquam pulvinar pulvinar orci, nec ornare ex efficitur ac. Proin quis laoreet quam. Praesent sagittis mollis turpis tempus sodales. Ut efficitur tortor nec condimentum ornare.

निषेधाज्ञामा पनि रोकिएन रक्तदान, रगत अभाव हुन नदिन जुटे चितवनका युवा

९ भदौ, चिवतन । जिल्लामा कोभिड–१९ का कारण रगतको अभाव भएपछि नेपाली युवा उद्यमी मञ्च चितवनले टोलटोलमा मोबाइल क्याम्प खडा गरी हिजोदेखि रक्तदान अभियान शुरू गरेको छ । मञ्चले पहिलो दिन दुई स्थानमा ३० युनिट रगत सङ्कलन गरेको छ ।

मञ्चका सदस्य अर्जुन रानाभाटका अनुसार पहिलो दिन भरतपुर महानगरपालिका–४ को लङ्कुक्षेत्रको अद्वैतचोक र धर्मचोकमा १५/१५ युनिट रगत सङ्कलन भएको छ । अभियानलाई निरन्तरता दिइने उनले बताए ।

मञ्चका अध्यक्ष कृष्णप्रसाद सापकोटाका अनुसार यस अभियानमा एक स्थानमा १५ देखि २० जनाको मात्र रगत सङ्कलन गरिने छ । हाल जिल्लामा निषेधाज्ञा जारी छ । नेपाल सरकारको सङ्क्रमण ऐनभित्र रही सम्पूर्ण कार्य गरिने उनले बताए ।

मञ्चले चितवन र छिमेकी जिल्लाका आ–आफ्नो टोलमा संयोजक गरी मिति, समय र टोलको नाम टिपाउन अनुरोध गरेको छ । सापकोटाले भने, “यसमा हामी सबैको सहभागिता आ–आफ्नो टोलमा मात्रै रहने छ ।” अभियानअन्तर्गत आज गैँडाकोटमा रक्तदान कार्यक्रम गरिँदैछ । यसअघि लकडाउनको समयमा मञ्चले बटुवा र अस्पतालमा रहेकालाई खाना खुवाएको थियो । अहिले जिल्लामा रगतको चरम अभाव भएपछि रक्तदान अभियान शुरू गरिएको हो ।

रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले कोरोना त्रास र जोखिमका कारण रक्तदाताहरू रगत दिन डराएको बताए । यसअघि दैनिक ६० पोकासम्म रगत सङ्कलन हुँदै आए पनि निषेधाज्ञापछि रगत सङ्कलन हुन छाडेको छ । अहिले आकस्मिक बिरामीका लागि पनि रगत पाउने अवस्था नभएको उनले बताए । पौडेलका अनुसार जिल्लाका अस्पतालमा दैनिक औसत १५० युनिट रगत आवश्यक पर्छ ।

कार्यालयले यसअघि चितवनसँगै नवलपुर, बारा, सर्लाही, रौतहट, मकवानपुरलगायतका जिल्लाबाट रगत सङ्कलन गरेर ल्याउने गर्दथ्यो । अहिले ती जिल्लामा रक्तदान कार्यक्रम भएका छैनन् । रगतको अभावका कारण सुत्केरी र क्यान्सरका बिरामी बढी प्रभावित भएका छन् । बाहिरी जिल्लाबाट आएका बिरामीका आफन्तले यहाँ रक्तदाता जुटाउन मुस्किल पर्ने गरेको छ। कोरोना त्रासका कारण विगतमा रक्तदान गर्नेहरूसमेत अहिले डराएका छन् ।

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।