१० भदौ, काठमाडौं । लक्षण नभएका कोरोना संक्रमितलाई १४ दिनमा अनिवार्य डिस्चार्ज गर्न स्वास्थ्य मन्त्रालयले देशभरका कोभिड अस्पताललाई निर्देशन दिएको छ ।
मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले देशभरका कोभिड अस्पताललाई पत्रचार गर्दै लक्षण नभएका संक्रमितलाई संक्रमण पुष्टि भएको १० दिनमा पीसीआर परीक्षण गरी डिस्चार्ज गर्न निर्देशन दिएको हो।
कोरोना संक्रमण भएको १० दिनपछि कोरोना परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा तत्काल डिस्चार्ज गर्ने र पोजेटिभ आए थप चार दिन अस्पतालमा राखेर परीक्षण नगरी डिष्चार्ज गर्न केन्द्रले निर्देशन दिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस