१२ भदौ, काठमाडौं । कोराना भाइरसको संक्रमण बढ्दै गएपछि वीपी प्रतिष्ठान धरानले निःशुल्क टेलिफोन स्वास्थ्य परामर्स सेवा सुरु गरेको छ । संक्रमितको संख्या बढ्दै जाँदा अन्य विरामीहरुले उपचार नपाई रहेको अवस्थामा धरानमा भने अन्य विरामीहरुलाई सहजता प्रदान होस् भनेर परामर्श सुरु गरेको हो ।
प्रतिष्ठानको इन्टर्नल मेडिसिन विभागका प्रमुख प्राध्यापक डाक्टर सञ्जीव कुमार शर्माले शुक्रबार एक सूचना जारी गर्दै बिरामीको आइतबार देखि निःशुल्क टेलिफोन स्वास्थ्य परामर्स सेवा सुरू गर्ने जानकारी दिएका छन् ।
विभागले आइतबार देखी शुक्रबार सम्म प्रत्येक दिन विहान १० वजे देखी १ वजे सम्म यो सेवा दिन लागेको हो । कोभिड १९ सगै मधुमेह, मुटु, क्यान्सर लगायतका दिर्घरोगीहरु संगै अन्य विरामीहरुले समेत निःशुल्क टेलिफोनबाट सेवा लिन सक्ने विभागले जनाएको छ ।
टेलिफोनबाट परामर्श संगै आवश्यकता अनुसार सामाजिक सञ्चालनबाट समेत सेवा दिईने डाक्टर शर्माले बताए । ओपिडि जस्तै, दैनिक चिकित्सकहरुलाई फोन गरेर यो सेवा लिन सक्नेछन् ।
आइतबार देखि शुक्रबारसम्म बिहान १० देखि दिउँसो १ बजे तल नाम उल्लेख भएका डाक्टरहरूलाई फोन गर्न सकिनेछ ।
- सोमबार र बिहीबार प्रा.डाक्टर सञ्जीव कुमार शर्मा -९८०२७९५२६२
- आइतबार र बुधवार डक्टर रविन मास्के – ९८४३९९७१७३
- बुधवार र शुक्रबार डाक्टर सोनिया दुलाल- ९८०८०३३५१८
- आइतबार र बिहीबार डाक्टर भूपेन्द्र शाह- ९८४३९९७१७८
- सोमबार र बिहीबार डाक्टर रोशन क्षेत्री- ९८२४३८३५६०
- मंगलबार र शुक्रबार डाक्टर प्रशान्तमणि त्रिपाठी- ९८४३९९७१७४
- मंगलबार र शुक्रबार अनुराग उप्रेती- ९८५२०२७२६३